१० साउन २०८३, आइतबार
बजेटमाथिको छलफल

आक्रोशित हुँदै राजेन्द्र लिङ्देनले संसदमा च्याते बजेटको किताब

असार ४, २०८१
काठमाडौं
आक्रोशित हुँदै राजेन्द्र लिङ्देनले संसदमा च्याते बजेटको किताब

भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा चरम विभेद गरिएको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट समावेश भएको वार्षिक विकास कार्यक्रम पुस्तिका च्यातेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथिको खर्च कटौती प्रस्ताव राख्ने क्रममा लिङ्देनले बजेट पुस्तिका च्यातेका हुन् । 

‘म आफैंले आफैंलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो । भौतिक पूर्वाधारको पुस्तिका हातमा परेदेखि यति रिसाएको छु कि यसरी च्यातेर यसरी हुत्याउने (किताब च्यात्दै) मन छ, तर संसदीय मर्यादाविपरीत हुन्छ भनेर हुत्याउनुपर्ने ठाउँमा नभई यहाँ राख्छु,’ लिङ्देनले भने । 

चारवटा निर्वाचन क्षेत्रबाहेकका सबै सांसद भौतिक पूर्वाधार मन्त्रालयको बजेट विनियोजनलाई लिएर आक्रोशित रहेको उनले बताए । ‘मेरो मात्र मनको कुरा होइन, यो हलभित्र बसेका जुनसुकै पार्टीका भएपनि ४ वटा निर्वाचन क्षेत्रबाहेकका सांसदको मनको कुरा हो,’ उनले भने, ‘सामान्य लाजघिन नराखेर राज्यमाथिको मनपरि कति दिन सहेर बस्ने ? अहिले उन्नत भनिएको व्यवस्था आउनुभन्दा पहिला पनि यस्तो हुन्थेन ।’

जिल्लाको नाम राख्दा धेरै देखिन्छ भनेर नाम नराखी पनि भौतिक पूर्वाधार मन्त्रीले आफ्नो क्षेत्रमा बजेट खन्याएको आरोप उनले लगाए ।

राप्रपाकै ज्ञानेन्द्र शाही, स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह लगायतले पनि भौतिक पूर्वाधार मन्त्रालयको बजेटप्रति आक्रोश पोखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्