२८ जेठ २०८३, बिहीबार

अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्छ : विश्वप्रकाश शर्मा

असार ४, २०८१
काठमाडौं
अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रमा श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउन माग गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा उनले बोल्दै उनले यस्तो बताएका हुन् ।

सोमबार सुर्खेतमा इनार सफा गर्दा बेहोस भई दुई जनाको निधन भएको उल्लेख गर्दै उनले श्रमिकको सुरक्षाका लागि व्यवसायजन्य सुरक्षासम्बन्धी कानून निर्माणको आवश्यकता रहेको बताए ।

उनले सामाजिक सुरक्षा कोषको प्रबन्धअनुसार असङ्गठित क्षेत्रका मजदुरलाई पनि विशेष प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाले समेट्नुपर्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्