२८ जेठ २०८३, बिहीबार

सहकारी छानबिन समितिले थाल्यो औपचारिक अनुसन्धान

असार ४, २०८१
काठमाडौं
सहकारी छानबिन समितिले थाल्यो औपचारिक अनुसन्धान

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले औपचारिक रूपमा अनुसन्धान थालेको छ ।

गत जेठ १५ गते बनेको समितिले मंगलबारदेखि मात्रै औपचारिक रूपमा सहकारीमा भएको रकम अपचनलबारे छानबिन थालेको हो ।

यस क्रममा समितिले मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयसँग छलफल गरिरहेको छ ।

यस अघि समस्याग्रस्त देखिएका २९ वटा सहकारीको विवरण मागेको समितिले कार्यविधि र कार्ययोजना बनाएर औपचारिक छानबिन थालेको हो ।

पहिलो चरणमा मन्त्रालय, सहकारी विभाग र सरोकारवाला मन्त्रालयसँग छलफल गर्ने समितिको तयारी छ । 

समितिले पहिलो बैठक बसेको २३ जेठको तीन महिनाभित्र सहकारीको छानबिन गर्दै प्रतिवेदन बुझाउने जनाएको छ । 

सात सदस्यीय समितिको संयोजक एमालेका सूर्य थापा छन् ।

salt training

कमेन्ट गर्नुहोस्