×

करेन्ट चाउचाउबारे भ्रम फैलाइयो, कानूनी कारबाहीका लागि प्रक्रिया शुरू भएको छ : यशोदा फुड्स

काठमाडाैं | असार ४, २०८१

​​​​करेन्ट चाउचाउबारे भ्रम फैलाइएको भन्दै उत्पादक यशोदा फुड्स प्रालिले आपत्ति जनाएको छ ।

‘गुणस्तर, स्वाद र सन्तुष्टि नै हाम्रो लक्ष्य हो’ भन्ने नाराका साथ अगाडि बढेको कम्पनीले सोमबार विज्ञप्ति जारी गर्दै करेन्ट चाउचाउबारे भ्रम फैलाइएको जानकारी दिएको हो ।


Advertisment

‘यशोदा फुड्सले आफ्नो उत्पादनको गुणस्तर (क्वालिटी)मा विशेष सजगता अपनाई आएको ब्यहोरा अनुरोध गर्दै उद्योग स्वच्छ व्यापारिक प्रतिस्पर्धाबाट अगाडि बढ्न चाहेको र कुनै कपोलकल्पित फण्डा तयार गरी आम उपभोक्ता महानुभावहरूको भावनामाथि खेलवाड नगरेको, गर्न नचाहेको तथा त्यस्ता तत्वहरूप्रति सचेत रहेको ब्यहोरा सादर अनुरोध गर्न चाहन्छौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।


Advertisment

यशोदा फुड्सका उत्पादनहरू नेपालका साथै भारत, जापान, यूएई, बहराइन, न्युजिल्यान्ड, अमेरिका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानडा, इटाली लगायतका देशहरूमा समेत निर्यात हुँदै आएका छन् ।

साथै उपभोक्ताको रोजाइमा परेको र विदेशमा समेत ख्याती कमाउँदै हरेक नेपालीहरूको जिब्रोमा बस्न सफल भएको कम्पनीले दाबी गरेको छ ।

‘उद्योगलाई बदनाम गराउन प्रायोजित रूपमा हुँदै नभएको विषयलाई अतिरन्जीत तरिकाले प्रमाणबिना भ्रामक समाचार तयार गरी प्रसारण गर्नेहरूप्रति उद्योग सजग रहेको छ । हालैका दिनमा केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी कपोलकल्पित समाचार बनाएको पाइएको प्रति उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘मनोगढंत, कपोलकल्पित र काल्पनिक कुराहरूको पछाडि नलागी यस उद्योगका उत्पादनहरूको उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्नुहुन र बजारमा म्याद समाप्त भएका अर्थात उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न समेत सादर अपिल गर्दछौं ।’

कपोलकल्पित समाचार बनाउन लगाउने, बनाउने र प्रसारण गर्नेविरुद्ध प्रचलित साइबर कानूनी कारबाहीका लागि आवश्यक कदम अगाडि बढाइएको कम्पनीले जनाएको छ ।

'...कपोलकल्पित समाचार बनाउन लगाउने, बनाउने र प्रसारण गर्नेहरूविरुद्ध प्रचलित साइबर कानून लगायतका प्रचलित नेपाल कानून बमोजिम कारबाही गर्नका लागि उद्योगले आवश्यक पहल कदमी लिइसकेको ब्यहोरा समेत सम्पूर्ण उपभोक्ता महानुभावहरूमा सादर अवगत गराउँदछौं,' विज्ञप्तिमा भनिएको छ ।

जेठ २, २०८१

जतिबेला नेपालमा विद्युतीय गाडीको बिक्री फाट्टफुट्ट शुरू भएको थियो, त्यतिबेला सन् २०१७ मा साइमेक्स नेपालले चुनौतीका बाबजुद पनि लक्जरी गाडी बीवाईडी ई-६ भित्र्यायो । विद्युतीय सवारी साधनलाई लिएर आजभन्दा ७ वर्षअ...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

जेठ १०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको थोक मूल्य सार्वजनिक गरेको छ ।  जसअनुसार गोलभेँडा सानो लोकलको अधिकतम मूल्य प्रतिकिलो ४०, गोलभेँडा सानो टनेलको...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

जेठ १८, २०८१

विद्युतीय गाडीहरूको द्रुत परिवर्तन हुने परिदृश्यमा, टाटा टियागो.ev उत्कृष्ट मूल्य प्रस्तावको रूपमा अगाडि आउँछ, जसले सुलभता, सुरक्षा र दक्षतालाई जोड दिन्छ। यो कम्प्याक्ट ह्याचब्याक आधुनिक पेशेवरहरूको आवश्यकताहरू पूरा...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x