०८ साउन २०८३, शुक्रबार

कांग्रेस महामन्त्री गगनले गरे जिल्ला कार्यसमितिलाई आकस्मिक परिपत्र

असार ४, २०८१
काठमाडौं
कांग्रेस महामन्त्री गगनले गरे जिल्ला कार्यसमितिलाई आकस्मिक परिपत्र

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जिल्ला कार्यसमितिहरूलाई आकस्मिक परिपत्र गरेका छन् ।

कांग्रेसले जितेका स्थानीय तहको नीति कार्यक्रम र बजेट बनाउँदा पार्टीसँग समन्वय नभएको गुनासो आएको भन्दै थापाले जिल्लाहरूलाई आवश्यक संवाद र समन्वय गर्न परिपत्र गरेका हुन् । 

कांग्रेसका जितेका स्थानीय तहमा नीति कार्यक्रम र बजेट बनाउँदा पार्टीको स्थानीय समितिसँग समन्वय गर्न, पार्टीका संकल्प प्रस्ताव, चुनावमा गरिएका वाचालाई उल्लेख गर्न पनि निर्देशन दिइएको छ ।

स्थानीय तहको आवश्यकता र जनअपेक्षा अनुसारका कार्यक्रम समेट्न पनि थापाले परिपत्रमार्फत निर्देशन दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्