३१ जेठ २०८३, आइतबार

व्यस्त सडकबाटै अपहरणमा परेका भारतीय व्यापारी मुक्त, तीन पक्राउ

कात्तिक २०, २०७४
व्यस्त सडकबाटै अपहरणमा परेका भारतीय व्यापारी मुक्त, तीन पक्राउ


लहान, ४ कात्तिक - करिब एकसाताअघि अपहरणमा परेका एक भारतीय व्यापारीलाई प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित अम्बरबहादुर मगरको घरबाट सकुशल मुक्त गराएको छ भने अपहरणमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् ।arrest

जिल्लाको कञ्चनरुप नगरपालिका–८ बाट भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको भीमनगर ग्राम पञ्चायत–१० घर भएका कपडा व्यापारी अमितकुमार शारदालाई प्रहरीले शुक्रबार राति सकुशल मुक्त गराएको छ ।

उहाँको अपहरणमा संलग्न रहेको आरोपमा सप्तरीको कञ्चनरुप–४ का अम्बरनाथ विश्वास, सोही नगरपालिका वडा नंं ६ का शैलेन्द्रकुमार गुप्ता र वडा नम्बर ७ का पुष्कर महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाको साथबाट दुई थान कटुवा पेस्तोल र अपहरण गर्ने क्रममा प्रयोग भएको डिएल ३ सिएए ८९५६ नम्बरको भारतीय कारसमेत बरामद भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले आज एक पत्रकार सम्मेलन गरी जानकारी दिए । पक्राउ परेकाविरुद्व अपहरण तथा शरीर बन्धकको मुद्दा चलाइने प्रहरी उपरीक्षक सिंहले बताए ।

व्यापारी शारदाको गत असोज २९ गते साँझ ५ बजे कञ्चनरुप नगरपालिका–८ स्थित व्यस्त सडकबाटै अपहरण भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्