२५ जेठ २०८३, सोमबार

दुर्गा प्रसाईंको बीएण्डसीलाई सम्बन्धन दिने निर्णय

असार ४, २०८१
काठमाडौं
दुर्गा प्रसाईंको बीएण्डसीलाई सम्बन्धन दिने निर्णय

सरकारले अन्ततः दुर्गा प्रसाईंको बीएण्डसीलाई सम्बन्धन दिने निर्णय गरेको छ । मंगलबार चिकित्सा शिक्षा आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई मेडिकल कलेजको रुपमा  सम्बन्धन दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा बसेको आयोगको बैठकको  मुख्य एजेण्डा नै बीएण्डसीलाई सम्बन्धन दिने विषय थियो । 

 बैठकमा आयोगका सहअध्यक्षहरु स्वास्थ्य तथा जनससंख्या मन्त्री प्रदीप यादव र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पनि सहभागी थिए ।

गत १२ चैत २०८० मा न्यायाधीशहरु कुमार चुडाल र सारंगा सुवेदीको इजलासले दुर्गा प्रसाईं सञ्चालक रहेको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो ।

सोहीअनुसार केही दिनअघि सर्वोच्चले फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि काठमाडौँ विश्व विद्यालयले आवश्यक सिफारिस गरिसकेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्