२५ जेठ २०८३, सोमबार

‘नियमअनुसार पशुपन्छी ढुवानी गर्नुपर्नेमा जोड’

असार ४, २०८१
चितवन
‘नियमअनुसार पशुपन्छी ढुवानी गर्नुपर्नेमा जोड’

पशुपन्छीको ढुवानी गर्दा नियम तथा कानुनको पालना गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । 

पशुपन्छी अधिकारका क्षेत्रमा काम गरिरहेको एनिमल नेपाल फिल्ड कार्यालय चितवनका प्रमुख रामचन्द्र आचार्यले पशु सेवा ऐन, २०५५ तथा नियमावली २०५६ एवं पशु ढुवानी मापदण्ड २०६४ अनुसारका नियम ढुवानीकर्ताले पालना नगरेका बताए । उनले नियमअनुसार हरेक पशुपन्छी ढुवानी गर्ने गाडीमा प्राथामिक उपचार बाकस हुनुपर्नेमा त्यसको पालना नगरी क्रुर तरिकाले पशुपन्छी ढुवानी भइरहेका बताए ।

यसैगरी शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै गाडीमा गर्न नहुने नियम तथा कानुन रहे पनि धेरैजसो गाडीले सबैलाई एकै गाडीमा खाँदेर ढुवानी भइरहेका छन् । आचार्यले गाडीमा ढुवानी हुने राँगा, भैँसी, बोका, खसीलगायतको टाउको र मुख चालक अगाडि फर्केको हुनुपर्ने नियमको पनि उल्लंघन गरेर ढुवानीकर्ताले न्यूनतम मनवीयतासमेत नदेखाउने गरेकामा आपत्ति जनाए । 

salt training

कमेन्ट गर्नुहोस्