१७ असार २०८३, बुधबार

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

असार ५, २०८१
सिन्धुली
पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

आज बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका–२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका–१ कुडुले र गोलन्जोर –६ अक्करेभिरमा स्थित सडक अवरुद्ध भएको थियो ।

गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

उनका अनुसार स्थानीय पालिकाको सहयोगमा जेसीभीले  पहिरो पन्छाउने कार्य भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्