२८ जेठ २०८३, बिहीबार

नेपालको खेलकुद पञ्चायतकालदेखि नै ट्रयाकबाहिर छ : भीम आचार्य

असार ५, २०८१
काठमाडौं
नेपालको खेलकुद पञ्चायतकालदेखि नै ट्रयाकबाहिर छ : भीम आचार्य

नेकपा एमालेका सांसद भीम आचार्यले नेपालको खेलकुद क्षेत्र पञ्चायतकालदेखि नै ट्रयाकबाहिर गएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बुधबार युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै आचार्यले डि-ट्रयाक्ट भएको खेल क्षेत्रलाई ट्रयाकमा ल्याउनुपर्ने बताएका हुन् ।

‘डि-ट्रयाक्ट भएको खेल क्षेत्रलाई ट्रयाकमा ल्याउनुपर्छ । तर मन्त्रीले निराशाजनक रुपमा राजीनामा दिने कुरा गर्नुभयो । यसरी हरेस खाएर हुँदैन । समस्या समाधानमा लाग्नुपर्छ,’ आचार्यले भने, ‘खेलकुदमा पञ्चायतदेखि मनपरीतन्त्र थियो । शरदचन्द्र शाहको पालादेखिको समस्या हो  । पछिल्लो समय पनि धेरै अनियमितता र दुरुपयोगको विषय बाहिर आएका छन् । छानबिन गरेर दोषीलाई सजाय दिनुपर्छ ।’

शिक्षाको विकास नभइ केही पनि विकास भन्दै उनले संरचनागत सुधारमा ध्यान दिन आवश्यक भएको बताए ।

‘शिक्षामा सामान्य सुधार गरेर पुग्दैन स्टन्टले पनि हुँदैन । संरचनागत सुधारको आवश्यकता छ,’ आचार्यले भने ।

खेलकुद क्षेत्रको विकासको लागि प्रत्येक प्रदेशमा एउटा खेल कलेज आवश्यक पर्ने उनले बताए । त्यस्तै, जिल्लादेखि विद्यालय तहसम्मै खेलका पूर्वाधार बनाउन सके खेलकुदमा निरन्तर फड्को मार्न सकिने उनले बताए । 

खेल क्षेत्रमा शिक्षण, प्रशिक्षण, राम्रा खेलाडी उत्पादन, पलायन रोक्ने, मोटिभेसनका कार्यक्रम ल्याउन अति नै आवश्यक भएको उनको भनाइ छ । 

सरकारले ल्याएको बजेटले बजेटले सन्तुलन कायम गराउन सकेको पन उनले बताए । ‘हामी सत्तामै भएकोले बजेट पास गर्छौं तर बजेटका विषयमा सरकार, मन्त्री सच्चिनुपर्छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्