०१ साउन २०८३, शुक्रबार

‘खेलाडी एयरपोर्ट पुगे तर विदेशमा खेल्न अर्कै उडे’

असार ५, २०८१
काठमाडौं
‘खेलाडी एयरपोर्ट पुगे तर विदेशमा खेल्न अर्कै उडे’

नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले अनावश्यक राजनीतिक हस्तक्षेप हुँदा एयरपोर्ट पुगेका खेलाडी फर्किने र अर्को विदेश उड्ने घटना धेरै भएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बुधबार युवा नेता खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै पटक-पटक मन्त्री भइसकेका बस्नेतले यस्तो बताएका हुन् । 

‘अनावश्यक राजनीतिकरण भएको छ । जसले खेलाडीलाई निरुत्साहित गरेको छ । पहिले-पहिले एयरपोर्टमा पुगिसकेको खेलाडी फर्किने र अर्को मान्छे विदेश जाने घटना धेरै भएको छ,’ बस्नेतले भने, ‘खेलकुद परिषद्‌मै स्वायत्त हुँ भन्ने, खेलकुद मन्त्री निरीह भन्ने संघहरू आफ्नै ठाउँमा उफ्रिने काम भएको छ । यी गडबडीले पनि खेलाडीलाई निरुत्साहित गराएको छ ।’

नेपालले कुन खेलमा नतिजा दिन सक्छ त्यसमा बढी लगानी गर्नुपर्ने उनले बताए । 

‘कुन कुन मेडल जित्न सक्छ त्यो हेर्नुपर्छ  टिमवर्कमा सुधार भएको छ भन्ने क्रिकेटले देखाएको छ । मार्सल आर्ट्समा भारतपछि हामी अगाडि छौं । सरकारले पनि वातावरण दिनुपर्छ’ उनले भने । 

प्राइभेट सेक्टरले सहयोग नगर्ने हो भने नेपालको खेलकुद क्षेत्र अपांग हुने पनि उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्