२८ जेठ २०८३, बिहीबार

बागमती प्रदेशसभाको बैठक बिहीवार बस्दैः बजेटमाथि छलफल प्रारम्भ हुने

असार ५, २०८१
काठमाडौं
बागमती प्रदेशसभाको बैठक बिहीवार बस्दैः बजेटमाथि छलफल प्रारम्भ हुने

मकवानपुर–बागमती प्रदेशसभाको बिहीवार बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजित बजेटमाथि छलफल प्रारम्भ हुने भएको छ । 

प्रदेशसभा सचिवालयका अनुसार सो बैठकमा प्रदेशको आर्थिक तथा मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले गत असार १ गते प्रस्तुत गरेको प्रदेश सरकारको आव २०८१–८२ को बजेट वक्तव्यको प्रतीक र विभिन्न मन्त्रालयको बजेट शीर्षकमा छलफल प्रारम्भ भई यही असार ८ गतेभित्रै सो बजेटलाई पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

असार १ गते बजेटको प्रस्तुतीकरण सकिएपछि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले असार ६ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । –रासस

salt training

कमेन्ट गर्नुहोस्