१० साउन २०८३, आइतबार

ग्लोबल आईएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

असार ५, २०८१
काठमाडौं
ग्लोबल आईएमई बैंकको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

विभिन्न स्थानमा स्थापना भएका सम्पूर्ण व्यवसायीहरूले आफ्नो व्यवसायलाई विश्व समुदाय माझ उत्कृष्ट सावित गराउने प्रयास निरन्तर जारी राख्छन् ।

उक्त प्रयासलाई वास्तविकतामा परिणत गर्न व्यावसायिक कसरत वा गतिविधिका साथ अथक मेहनत गर्दा पनि केही व्यवसायी वा व्यवसायलाई मात्र विश्व समुदाय माझ उत्कृष्ट हुने सौभाग्य प्राप्त हुन्छ । 

आजको समयमा विश्वका सम्पूर्ण देशहरू एक अर्काको छिमेक जस्तै भइसकेका छन् । कुनै एक देशको गतिविधिले भौगोलिक अवस्थामा क्षितिज पारी रहेको देशलाई पनि विभिन्न किसिमका व्यावसायिक प्रभाव पारिरहेको हुन्छ ।

सम्पूर्ण व्यवसायको आफ्नो आफ्नो किसिमका फरक-फरक व्यावसायिक लक्ष्य भए पनि सबैको एउटै लक्ष्य भनेको भएका व्यवसायहरू मध्य आफ्नो व्यवसायलाई अब्बल सावित गर्नु हो । 

अझ विश्वव्यापिकरणको युगमा कुनै एउटा भूगोलमा स्थापित व्यवसायको प्रतिस्पर्धा विश्वको अर्को कुनामा रहेका व्यवसायसँग रहँदै आएको छ ।

त्यसैले आजको नयाँ तथा स्थापित व्यवसायहरूको लक्ष्य भनेको विश्वभरिका आफ्नो प्रतिस्प्रर्धीहरू माझ आफूलाई उत्कृष्ट सावित गर्नु हो ।

कुनै एउटा व्यवसायले आफूलाई उत्कृष्ट सावित गर्दा उक्त व्यवसायले आफ्नो स्थापना भएको देशको झण्डालाई विश्वसामु उच्च बनाउँछ ।​

विश्व माझ देशलाई परिचित गराउने भएकाले देशका प्रख्यात कलाकारहरू तथा विभिन्न व्यत्तित्वहरूलाई देशको गहनाको रूपमा चिन्ने गरिन्छ । यसै गरी आजको विश्वमा व्यवसायहरूले विश्व मा‍झ उत्कृष्ट सावित गरी देशको झण्डा अन्तर्राष्ट्रिय समुदायमा उच्चो बनाउन प्रयासरत छन् ।

सम्पूर्ण नेपालीहरू माझ बैंकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्य राखी सबैका लागि बैंक भन्ने मूल नारासहित २०६३ सालमा स्थापना भएको नेपालीहरूको बैंक हो ग्लोबल आईएमई बैंक ।

ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो बैंक हो भन्ने कुरालाई बैंकले वित्तीय सूचकांकहरूको माध्यमबाट आफूलाई अब्बल स्थापित गरिसकेको छ ।

बैंकको देश भित्र भित्र रहने नागरिकका लागि मात्र होइन विश्वभरि रहेका नेपालीहरूलाई बैंकिङ्ग सेवा दिने प्रयास स्वरूप विश्वका विभिन्न मुलुकहरूमा बैंकको प्रतिनिधि कार्यालयहरू राखी सेवा सञ्चालन गरिरहेको छ ।

देश भनेको भौगोलिक क्षेत्रमात्र नभई नागरिक पनि देश हो भन्ने मान्यतालाई आत्मसाथ गरी नेपाली नागरिकहरू रहेका प्रदेशबाटै नेपाली बैंकको माध्यमबाट बैंकिङ कारोबार गर्न सहजता प्रदान गरिरहेको बैंकले जनाएको छ ।

जसले उक्त बैंकको सबैंका लागि बैंक भन्ने मूल नारालाई थप सार्थकता प्रदान गरेको छ ।

ग्लोबल आईएमई बैंकले नेपालको सबैभन्दा ठूलो वित्तीय संस्थाको रूपमा बैंकिङ्ग क्षेत्रलाई नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

ग्लोबल आईएमई बैंकले नवीनतम सेवा तथा सुविधाहरूमा सार्वजनिक गरी बैंकको ग्राहकहरूलाई प्रविधिमा आधारित सेवाहरू प्रदान गरिरहेको छ ।

यस बैंकले सार्वजनीक गरी प्रदान गरीरहेको सेवाहरू आम बैंकिङ्ग क्षेत्रका ग्राहकमाँझ लोकप्रिय पश्चात् अन्य वित्तीय संस्थाहरूले पनि उक्त सेवा तथा सुविधालाई अंगीकार गरेको देखिन्छ । 

ग्लोबल फाइनान्स म्यागेजिनले विश्वभरिका बैंक तथा वित्तीय संस्थाको विभिन्न सूचकांकहरूको सूक्ष्म मूल्याङ्कन गरी विभिन्न महादेशबाट उत्कृष्ट बैंकहरू छनोट गर्दै आइरहेको छ ।

उक्त ग्लोबल फाइनान्स म्यागेजिनले प्रदान गर्ने अवार्डलाई विश्वस्थरमा प्रतिष्ठित अवार्डको रुपमा परिचित छ । 

विगतका वर्षहरूमा उक्त अवार्डका लागि अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई छनोट गर्दै आइरहेको थियो ।

तर यस वर्षदेखि एशिया प्यासिफिक क्षेत्र पनि समावेश गरेको थियो र उक्त क्षेत्रहरूमा नेपालको तर्फबाट ग्लोबल आईएमई बैंकलाई बेष्ट बैंक अवार्ड प्रदान गरेको हो ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।

यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आईएमई बैंक, मलेशियाको मे बैंक, बङ्गलादेशको स्टाण्डर्ड चार्टर्ड बङ्गलादेश, फिलिपिन्सको मेट्रो बैंक लगायतका विश्वभरका विभिन्न बैंकहरूलाई विभिन्न विधामा सम्मानित भएको थिए । एशिया प्यासिफिक अन्तर्गत नेपालको बैंक ग्लोबल आईएमई बैंकले उक्त सम्मान सहित नेपालको झण्डा विश्व मञ्चमा फर्फराएको हो ।

बैंकले आफ्नो व्यवसाय विस्तार गर्दा पनि नेपाली माटोको आवश्यकतालाई आत्मसाथ गरी विभिन्न सेवा तथा सुविधा सार्वजनिक गर्दै आइरहेको छ ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस बैंकलाई विश्वको उत्कृष्ट १ हजार बैंकमा समावेश गर्ने लक्ष्य राखेको बताउँदै आएका छन् ।

  ​​

ग्लोबल आईएमई बैंकलाई 'बेष्ट इन्टरनेट बैंक २०१६–नेपाल' अवार्ड

ग्लोबल आईएमई बैंक लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागेजिन 'इन्टरनेशनल फाइनान्स म्यागेजिन'द्वारा 'बेष्ट इन्टरनेट बैंक २०१६–नेपाल' अवार्डबाट सम्मानित भएको थियो ।​

सिगांपुरमा आयोजना भएको उक्त विशेष कार्यक्रमका बीच बैंकलाई उक्त अवार्ड प्रदान गरेको थियो । 

ग्लोबल आईएमई बैंकलाई गुणस्तरीय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा उक्त सम्मानद्वारा सम्मानित गरेको हो ।

ग्लोबल आईएमई बैंक नेपाली भाषा (देवनागरीमा) इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गर्ने नेपालमा पहिलो बैंक हो ।

बैंकले आफ्ना ग्राहकहरू माझ सहज बैंकिङ्ग सेवा प्रदान गर्ने लक्ष्यले अत्याधुनिक प्रविधि युक्त सुरक्षित ग्लोबल अनलाइन इन्टरनेट बैंकिङ्ग तथा ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्स्टेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामाफर्त आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।​

सबैभन्दा बढी कर दाखिला गर्ने वित्तीय संस्था

ग्लोबल आईएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।

आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्‍ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्था अन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आईएमई बैंकलाई सम्मान गरेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरूप सम्मान पत्र प्रदान गरेका थिए ।

ग्लोबल आईएमई बैंक लिमिटेड विभिन्न सूचकहरूमा नेपालको सबैभन्दा ठुलो बैंकको रुपमा स्थापित छ । 

सन् २००७ मा वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोबार सुरुवात गरेको ग्लोबल आईएमई बैंकले आफ्नो बैंकिङ्ग यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ति गरी सबल र उत्तरदायी बैंकको रुपमा स्थापित भएको छ ।  

आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुशरण गर्दै कार्यसम्पादन गर्दै आइरहेको ग्लोबल आईएमई बैंकले प्रविधिमैत्री बैंकिङ्ग सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्