×

ग्लोबल आइएमई बैंकले पायो 'युरोमनी अवार्ड फर एक्सलेन्स, २०२२' सम्मान

असार ३०, २०७९

ग्लोबल आइएमई बैंक लिमिडेट 'युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२' बाट सम्मानित भएको छ ।

बुधवार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमका बीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड ग्रहण गरेका हुन् ।


Advertisment

सन् १९९२ मा स्थापित यो अर्वाड बैंकिङ्ग क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड हो । बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रयोग तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।


Advertisment

युरोमनी म्यागाजिन बैंकिङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको छ । 

युरोमनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्याति प्राप्त तथा अनुभवी व्यक्तिहरू रहेका छन् ।

अमेरिकाको बैंक अफ अमेरिकाले यो वर्ष विश्वको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ ।

बैंकले ७७ जिल्लामा २८९ शाखा, २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २८ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको जनाएको छ ।
 

जेठ २०, २०८१

हिमालयन बैंक लिमिटेडले विराटनगर शाखा- २ लाई विराटनगर महानगरपालिका वडा नम्बर १२ रोडशेष चोकमा स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात नजिक भएका शाखालाई स्थानान्तरण ...

जेठ १, २०८१

शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो ।  मं...

जेठ १९, २०८१

माछापुच्छ्रे बैंक लिमिटेडले त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको शारदा नगरपालिका वडा नम्बर १५ माल्नेटामा रहेको विद्...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

जेठ ६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किलोमिटर उत्तरत...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x