१६ असार २०८३, मंगलबार

मनसुनी वर्षाको पर्खाइमा किसान, सुदूरपश्चिममा ४० प्रतिशत रोपाइँ

असार १५, २०८१
कैलाली
मनसुनी वर्षाको पर्खाइमा किसान, सुदूरपश्चिममा ४० प्रतिशत रोपाइँ

रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि सुदूरपश्चिम प्रदेशका अधिकांश किसानले असार १५ गतेसम्म पनि रोपाइँ गर्न पाएका छैनन् । सिँचाइ सुविधा उपलब्ध भएका कतिपय किसानले भने रोपाइँ गरिरहेका छन् । 

लामो समयदेखिको खडेरी र सुक्खा मौसमका कारण बोरिङ र हेण्डपम्पमा समेत पानी आउन छाडेपछि रोपाइँ कसरी गर्ने भन्ने समस्या आएको किसानले बताएका छन् । “बोरिङ सुकेर जमिनमुनिको पानी आउन छाड्यो, मनसुनी वर्षा हुँदैन”, धनगढीका किसान हरि चौधरीले भने, “पर्याप्त वर्षा नहुँदा रोपाइँ गर्न पाएका छैनौँ ।”

धनगढीमा शनिबार खेत जोत्दै गरेको भेटिएका चौधरीले कतिपय गाउँ बस्तीमा बोरिङ र हेण्डपम्पबाट पानी आउन बन्द भएको घटना गाउँमा पहिलोपटक अनुभव भएको बताए । 

पर्याप्त वर्षा नभएपछि असार १५ सम्म प्रदेशमा ४० प्रतिशत जग्गामा मात्रै रोपाइँ भएको कृषि निर्देशनालय दिपायलले जनाएको छ । प्रदेशको झण्डै ४४ प्रतिशत जग्गामा आकासे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्था छ । सतह सिँचाइ र भूमिगत पानीको सिँचाइसमेत गरी प्रदेशभरि ५६ प्रतिशत जग्गामा सिँचाइ सुविधा पुगेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्