
स्मार्ट फोन प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा अग्रणी रहेको ब्रान्ड सामसङले पर्फेक्टली साउन्ड अफर सार्वजनिक गरेको छ । साथै कम्पनीले आफ्नो ग्राहकहरूको अडियो अनुभवलाई सन्तोषजनक पार्ने बाचा गरेको छ।
कम्पनीका अनुसार अब ग्राहकहरूले ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन र ग्यालेक्सी बड्स एफई एक छुटाउनै नहुने अफर प्राप्त गर्नेछन् ।
ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन खरिद गर्दा मात्र रु ५००० थप गरी ग्राहकले १५ हजार रुपैयाँ मूल्य रहेको ग्यालेक्सी बड्स एफई पनि साथमा पाउने छन्।
ग्राहकहरूले यो छुटाउनै नहुने आफ्नो टेक अपग्रेड गर्ने, सिमलेस कनेक्टिभिटी, टप टियर पर्फमेन्स र क्रिस्टल क्लियर साउन्ड पाउने मौका सबै यो आकर्षक छुट मूल्य अफर लागू रहुन्जेल फाइदा उठाउन सक्छन्।
यो अफर सामसङद्वारा प्रदान गराइएको इनस्टा फाइनान्स सेवाबाट शून्य प्रतिशत ब्याजमा बिनाकुनै वित्तीय झन्झटमा लिन सक्नेछन् ।
आफ्नो नागरिकताको साथ ग्राहकले ग्यालेक्सी बड्स एफई प्राप्त गर्न थप गर्नुपर्ने रु ५००० पनि स्मार्टफोनसँग शून्य प्रतिशत ब्याज रहेको इन्स्टा फाइनान्सको ईएमआईमा समग्र हुनेछ ।
यो अफर असार ६ गतेदेखि स्टक रहुञ्जेल मान्य रहने कम्पनीले जनाएको छ ।