०६ असार २०८३, शनिबार

पूर्वी नेपालका केही जिल्लामा रातिदेखि भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

असार ६, २०८१
काठमाडौं
पूर्वी नेपालका केही जिल्लामा रातिदेखि भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

पूर्वी नेपालका केही जिल्लामा गएरातिदेखि भारीदेखि हल्का वर्षा भइरहेको छ । सिराहा, उदयपुर, सप्तरी, धनकुटा, सुनसरी, मोरङ र झापा आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार यी क्षेत्रमा थप वर्षा हुनसक्ने भएकोले स–साना खोलाहरूमा आकस्मिक बहाब बढ्नसक्ने सम्भावना छ । खोला र नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

यस्तै, रौतहटको गरुडा र सर्लाहीको मनुसमारा वर्षामापन केन्द्र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भएर बहने झनझा खोलालगायत स–साना खोलाहरूमा बहाव बढ्नसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउनुन विभागले अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्