२४ जेठ २०८३, आइतबार

सर्लाहीमा रोकिराखेको लरीमा बस ठोक्कियो, तीन जनाको मृत्यु

असार ६, २०८१
सर्लाही
सर्लाहीमा रोकिराखेको लरीमा बस ठोक्कियो, तीन जनाको मृत्यु

सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीबाट जनकपुर आइरहेको बस दुर्घटना भएको हो । 

बिहीबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रुबाहक बस ठोक्किँदा तीन जनाको मृत्यु भएको हो । 

दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । प्रहरीका बसमा ४० जना सवार थिए । 

दुर्घटनामा केही यात्रु घाइतेसमेत भएका छन् । त्यसमध्ये गम्भीर घाइतेको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्