२२ असार २०८३, सोमबार

सामान्य उपचार गर्न इलामबाट झापा झर्नुपर्ने बाध्यता अन्त्य गरौं : सुहाङ नेम्वाङ

असार ६, २०८१
काठमाडौं
सामान्य उपचार गर्न इलामबाट झापा झर्नुपर्ने बाध्यता अन्त्य गरौं : सुहाङ नेम्वाङ
फाइल तस्वीर

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सामान्य उपचारको लागि इलामबाट झापा झर्नुपर्ने बाध्यता अन्त्य गर्न माग गरेका छन् । 

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद नेम्वाङले इलामको जिल्ला अस्पतालमा १४ जना चिकित्सकको दरबन्दी भए पनि तीन जना मात्रै रहेको बताए ।

‘इलामको एक मात्र जिल्ला अस्पतालमा १४ विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर, तीन जनाको मात्रै पदपूर्ति छ । यी तीन जनामा पनि बिदा बस्ने अभ्यास छ,’ सुहाङले भने, ‘अस्पतालको भवन जीर्ण छ । भएका आईसीयू, भेन्टिलेटर पनि बिग्रेर जाने स्थिति छ । सामान्य उपचारको लागि झापा झर्नुपर्छ । यसैले सहज उपचारको लागि विशेषज्ञ चिकित्सकको दरबन्दी अनुसारको पदपूर्ति गर्न माग गर्छु ।’

इलाममा प्रभावकारी स्वास्थ्य सेवा लिन सक्दा ताप्लेजुङ र पाँचथरका नागरिकले पनि सेवा पाउने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्