२१ असार २०८३, आइतबार

सबै वर्ग र क्षेत्रका लागि बजेट विनियोजन गरिएको छ : प्रधानमन्त्री

असार ६, २०८१
काठमाडौं
सबै वर्ग र क्षेत्रका लागि बजेट विनियोजन गरिएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट विनियोजनमा विभेद नगरिएको दाबी गरेका छन् । 

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले बजेटमा संविधानले निदृष्ट गरेका मार्गचित्रलाई पछ्याएको दाबी गरेका हुन् । 

‘संसद् बैठक नियमित हुन नसक्दा नीति कार्यक्रममा अपेक्षा अनुसारको रूपान्तरण गर्न सकेनौं । तर, नीति कार्यक्रममा सबै पक्षसँग छलफलगरी बजेटमा तालमेल मिलाइएको छ । बहुवर्षीय आयोजना, आगामी आवमा सम्पन्न गर्नुपर्ने र सिर्जित दायित्व पूरा गर्नुपर्नेमा अनिवार्य बजेट दिइएको छ,’  सांसद तेजुलाल चौधरीले गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘संविधानले निदृष्ट गरेको मार्ग चित्रबमोजिम सबै भौगोलिक क्षेत्र र वर्गको लागि बजेटमा प्राथमिकता दिइएको र विनियोजन गरिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्