१३ असार २०८३, शनिबार

टिकापुर घटनामा दोषी ठहर भएकालाई कानूनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

असार ६, २०८१
काठमाडौं
टिकापुर घटनामा दोषी ठहर भएकालाई कानूनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको टिकापुर घटनामा दोषी ठहर भएकालाई कानूनी कारबाही हुने बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले टिकापुर घटनामा जनधनको अपूरणीय क्षति भएको बताए ।

'टिकापुर घटना दुःखद् हो, जसमा जनधनको अपूरणीय क्षति हुन पुग्यो,' प्रधानमन्त्री प्रचण्डले भने, 'घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिको हकमा कानूनबमोजिम नै हुनेछ ।'

कैद माफी मिनाहाको विषय पनि कानूनबमोजिम नै हुने उनले प्रष्ट पारे ।​

थारूलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले सोही आधारमा आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमार्फत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

'सरकारले आवधिक बजेट तर्जुमा गर्दा प्रचलित ऐन, कानुन, बजेट तर्जुमा दिग्दर्शन एवं प्रणालीअनुरूप छलफल तथा स्वीकृति गर्ने प्रक्रियामा सबै जनप्रतिनिधिको अहम् भूमिका रहनेमा दुईमत छैन,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्