०९ असार २०८३, मंगलबार

किसान २ परियोजनाले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पुर्‍यायो: मन्त्री साह

असार ६, २०८१
काठमाडौं
किसान २ परियोजनाले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पुर्‍यायो: मन्त्री साह

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले संयुक्तराज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग ‘युएसएआइडी’ द्वारा नेपालमा सञ्चालित किसान २ परियोजनाले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पु¥याएको बताएकी छन्।

युएसएआइडीले आज आफ्नो किसान २ परियोजना सम्पन्न भएको अवसरमा आयोजना गरेको आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले सो कुरा बताएकी हुन् । उनले भनिन्, “किसान २ परियोजनाले कृषि विकास रणनीतिको पुनरावलोकन र प्राथमिकीकरणमा सहयोग पु¥याउँदै संयुक्त क्षेत्र समीक्षामा पनि सयोग पु¥यायो । नेपाल सरकारले अहिले दीर्घकालीन प्रयोगका लागि यस समीक्षा संयन्त्रलाई संस्थागत गरिरहेको छ ।”

यसैगरी उनले उक्त परियोजनाले कृषकलाई उत्पादनदेखि बिक्रीवितरण एवं बजारीकरणका लागि पनि सहज भएको बताइन् । कृषि उत्पादकत्व र कृषक तथा कृषि व्यवसायको आयवृद्धिको दिशामा परियोजनाले महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको उनले बताइन् । 

    सोही कार्यक्रममा अमेरिकी दूतावासका उपप्रमुख जेसन मिक्सले नेपाली किसानलाई उनीहरुको आयवृद्धि गर्न, स्थानीय बजारमा स्वस्थकर खाद्यपदार्थमा उनीहरुको पहुँच विस्तार गर्न र मुलुकको समग्र खाद्यसुरक्षा तथा समृद्धिमा सुधार ल्याउन नेपाली कृषकको सम्भाव्यतालाई उपयोग गर्न मद्दत गर्न पाउँदा आफू गौरवान्वित भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्