२२ जेठ २०८३, शुक्रबार

तमिलनाडुको कल्लाकुरिचीमा विषाक्त मदिरा सेवनबाट ३४ जनाको मृत्यु

असार ७, २०८१
काठमाडौं
तमिलनाडुको कल्लाकुरिचीमा विषाक्त मदिरा सेवनबाट ३४ जनाको मृत्यु

भारतको तमिलनाडुस्थित कल्लाकुरिचीमा विषाक्त मदिरा सेवन गर्दा ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश करुणापुरमका बासिन्दा हुन् । 

जबकि एक सयभन्दा बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ।

सरकारले घटनामा ज्यान गुमाएकाका परिवारलाई १० लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको समाचारमा उल्लेख छ । 

विषाक्त मदिरा काण्डपछि कल्लाकुरिचीका जिल्ला अधिकारीको सरुवा भएको छ । प्रहरी नायब उपरीक्षकसहित दश जना प्रहरी निलम्बनमा परेका छन् ।

तमिलनाडु सरकारले सेवानिवृत्त न्यायाधीश गोकुलदासको अध्यक्षतामा एक छानबिन समिति गठन गरेको छ। आयोगले तीन महिनाभित्र छानबिन प्रतिवेदन बुझाउने समाचारमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्