०१ असार २०८३, सोमबार

सुनको मूल्य फेरि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

असार ७, २०८१
काठमाडौं
सुनको मूल्य फेरि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य फेरि बढेको छ । आज छापावाल सुन प्रतितोला एक हजार ९०० रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत जेठ २५ गते सुन हालसम्मकै उच्च मूल्य एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता भने सुनको मूल्य घटेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्