
रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर मुद्दाको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा हुने भएको छ ।
लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको पेसी आज न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा परेको हो ।
यसअघि न्यायाधीशले हेर्न नमिल्ने भन्दै पेशी सर्दै आएको थियो ।
सहकारी ठगीमा संलग्न रहेको दाबी गर्दै उनलाई मन्त्री पदबाट निलम्बनको मागसहित अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए ।
महान्यायाधीवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिँदै उनीविरुद्ध कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछिको विवाद सर्वोच्चसम्म पुगेको हो ।