![पूर्वाधार निर्माणमा सरकारलाई सतर्कता केन्द्रको २३ बुँदे निर्देशन [पत्रसहित]](https://lktcdn2.prixacdn.net/media/Rastriya_Satarkata_Kendra_6SbjyIs9Rj.jpg)
राष्ट्रिय सतर्कता केन्द्रले पूर्वाधार निर्माणसँग सम्बन्धित संघीय सरकार तथा प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूलाई २३ बुँदे निर्देशनसहितको परिपत्र गरेको छ ।
विभिन्न आयोजनाहरूको प्राविधिक परीक्षण गर्दै आएको सतर्कता केन्द्रले बुधबार यस्तो परिपत्र गरेको हो । प्राविधिक परीक्षणबाट देखा परेका अपरिपालनासँग सम्बन्धित २३ बुँदेमा केन्द्रको विमति छ ।
केन्द्रका प्रहरी नायब महानिरीक्षक निरञ्जन विष्टद्वारा जारी परिपत्रमा अपरिपालनासँग सम्बन्धित आयोजनाबाट समयमै सच्याउने कार्य नहुँदा आयोजनाको निर्दिष्ट समय, लागत तथा गुणस्तरमा समेत असर परेको उल्लेख गरिएको छ ।
त्यति मात्र होइन, बजेट दुरुपयोगको जोखिम बढ्ने अवस्था आउनुका साथै अनियमिततालाई प्रश्रय मिल्ने हुनाले त्यस्ता कमी कमजोरीलाई सच्याउन सतर्कता केन्द्रले भनेको छ ।
हेर्नुहोस्, यस्तो छ निर्देशन