२५ जेठ २०८३, सोमबार

लुम्बिनी प्रदेशसभा बैठकमा कांग्रेसको अवरोध

असार ७, २०८१
बुटवल
लुम्बिनी प्रदेशसभा बैठकमा कांग्रेसको अवरोध

लुम्बिनी प्रदेशसभा बैठक नेपाली कांग्रेसले अवरोध गरेको छ ।​

आउँदो वर्षको बजेटप्रति असहमति जनाउँदै कांग्रेसले विरोध गरेको हो ।

कांग्रेसको विरोधपछि सभामुख तुलाराम घर्तीले बैठक स्थगित गरेका छन् ।

संसद् बैठकलाई सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री  डिल्लीबहादुर चौधरीले आफ्नो धारणा राखे लगतै आ–आफ्नो सिटबाट उठेर बजेटको विरोध गरेका थिए ।

विरोध अघि बोल्दै नेता चौधरीले सरकारले संघीयता विरोधी बजेट ल्याएको आरोप लगाएका थिए ।

‘सरकारले ल्याएको बजेटले संघीयतालाई बलियो बनाउँदैन,’ उनले सम्बोधनको क्रममा भने, 'संघीयता यसरी सफल हुँदैन ।’

उनले आफ्नो नेतृत्वको सरकारले राजश्वको अनुमान गलत गरेको स्वीकार्दै वर्तमान सरकारले सोही गल्ती दोहोर्‍याएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्