२३ असार २०८३, मंगलबार

अर्मेनियाले पनि प्यालेस्टाइनलाई दियो राष्ट्रको मान्यता, गाजामा युद्धविराम गर्न माग

असार ७, २०८१
काठमाडौं
अर्मेनियाले पनि प्यालेस्टाइनलाई दियो राष्ट्रको मान्यता, गाजामा युद्धविराम गर्न माग

अर्मेनियाले प्यालेस्टाइनलाई औपचारिक ढंगले राज्यको रूपमा मान्यता दिएको छ ।

अर्मेनियाको विदेश मन्त्रालयले इजरायल-प्यालेस्टाइन द्वन्द्वको दुई-राज्य समाधान (अलग-अलग देश)का लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेको हो।

आर्मेनियाले इजरायल र प्यालेस्टाइनबीच दिगो र समावेशी शान्ति स्थापना गर्न दुई राज्यको निर्माण मात्रै विकल्प भएको बताएको छ।

गाजाको अवस्था भयावह रहेको भन्दै अर्मेनियाले गाजामा फेरि युद्धविराम गर्न आह्वान गरेको छ ।

अहिले विश्वका १ सय ४० भन्दा बढी देशले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्छन्।

यस वर्ष युरोप र क्यारेबियन क्षेत्रका धेरै देशले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएका छन्।

salt training

कमेन्ट गर्नुहोस्