०५ असार २०८३, शुक्रबार

गोदावरीमा व्यवसायीमाथि खुकुरी प्रहार

असार ७, २०८१
काठमाडौं
गोदावरीमा व्यवसायीमाथि खुकुरी प्रहार

ललितपुरको गोदावरीमा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ ।

गोदावरी नगरपालिका–९ स्थित छेडामा अज्ञात व्यक्तिहरूले भैंसेपाटीका मनोज कुमार बानियामाथि खुकुरी प्रहार गरेका हुन् । बानियाले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट बनाइरहेका छन् । 

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश राज सुवेदीले लोकान्तरलाई बताए । ​

टाउको र हातमा चोट लागेका बानियाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको सुवेदीले जानकारी दिए ।

उनले भने, ‘आपसी विवादमा खुकुरी प्रहार गरेको देखिन्छ, हामीले कटेज नजिकै रहेको सीसीटीभी फुटेज समेत हेरेर थप अनुसन्धान गर्दैछौं ।’

salt training

कमेन्ट गर्नुहोस्