२३ असार २०८३, मंगलबार

युरोकप फुटबल : युक्रेनको पहिलो जीत

असार ८, २०८१
काठमाडौं
युरोकप फुटबल : युक्रेनको पहिलो जीत

युरोकप फुटबलमा युक्रेनले पहिलो जीत हासिल गरेको छ । आफ्नो दोस्रो खेलमा गएराति ​स्लोभाकियालाई २–१ ले हराउँदै युक्रेनले पहिलो जीत हात पारेको हो ।

युक्रेनको जितमा माइकोला शापारेन्को र रोमन यारेमचुकले गोल गरे । यता, स्लोभाकियाको लागि इभान श्रान्जले एक गोल गरे । 

खेलको १७औँ मिनेटमा इभानले गोल गर्दै स्लोभाकियालाई शुरूआती अग्रता दिलाएका थिए । युक्रेनका लागि ५४औँ मिनेटमा माइकोला र ८०औँ मिनेटमा रोमनले गोल गर्दै २–१ पहिलो जीत दिलाएका हुन् ।

जितसँगै युक्रेनले तीन अंक जोडेको छ । युक्रेन पहिलो खेलमा रोमानियासँग ३–० ले पराजित भएको थियो । स्लोभाकियाले बेल्जियमलाई १–० ले पराजित गरेको थियो। 

 युक्रेनले समूह चरणको अन्तिम खेलमा २६ जुनमा बेल्जियमसँग खेल्नेछ।

salt training

कमेन्ट गर्नुहोस्