
नेपाल विद्युत् प्राधिकरणले शनिबार र आइतबार राजधानीका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जानकारी गराएको छ । प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनाअनुसार मर्स्याङ्दी काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा केही काम गर्नुपर्ने भएकाले मातातीर्थ सबस्टेशनबाट आपूर्ति भइरहेको फिडरहरुमा विद्युत् सेवा प्रभावित हुने भएको हो ।
जसअनुसार मच्छेगाउँ, सतुंगल, मातातीर्थ, फर्पिङ फिडर अन्तरगत शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् बन्द हुनेछ भने आइतबार मातातीर्थ फिडरमा १० देखि १२, सतुंगल फिडर १२ देखि २, मच्छेगाउँ फिडर २ देखि ४ बजेसम्म र फर्पिङ फिडर ४ देखि ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।