काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य ७०, गोलभेँडा सानो लोकलको १५ रुपैयाँ कायम हुँदा गोलभेँडा सानो टनेलको १८ रुपैयाँ कायम भएको छ ।
यसैगरी आलु रातोको ५८, काउली स्थानीयको ५५, लौकाको ५०, तितो करेलाको ३५, स्कुसको ७०, केरा दर्जनको १४०, अनारको ४०० रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।
