१४ असार २०८३, आइतबार

जङ्गली च्याउ खाँदा १ को मृत्यु, ४ जनाको अवस्था खतरामुक्त

असार ८, २०८१
तनहुँ
जङ्गली च्याउ खाँदा १ को मृत्यु, ४ जनाको अवस्था खतरामुक्त

तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाँदा १ जनाको मृत्यु भएको छ ।​​

आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

यही असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उहाँसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्