×

कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादी १४ वर्षपछि पक्राउ

बुटवल | असार ८, २०८१

कारागारबाट सुरुङ खनेर भागेका प्रतिवादीलाई कपिलवस्तु प्रहरीले करिब डेढ दशकपछि पक्राउ गरेको छ ।

जिल्ला कारागार तौलिहवा कपिलवस्तुबाट विक्रम संवत् २०६६ माघ २ गते सुरुङ खनेर भागेका भारतीय नागरिक मोहम्मद स्कुललाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको हो ।


Advertisment

स्कुल मिया अन्सारी भनेर चिनिने मोहम्मद भारत उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर चिल्हिया निवासी रहेको बताइएको छ ।


Advertisment

कारागारबाट सुरुङ खनेर भागेका ८ जना कैदी मध्येका उनी पक्राउ परेका हुन् ।

६ वर्ष ५ महिना ९ दिन कैद र ४ लाख ५० हजार जरिवाना असुल उपर गर्नुपर्ने उनलाई जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ७ बाट कपिलवस्तु प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएको कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) नवरत्न पौडेलले जानकारी दिए ।

उनीसहितका ८ जना २१ फिट सुरुङ खनेर कारागारको पूर्वी पर्खालबाट भागेका थिए ।

कारागारबाट भाग्नेहरूमा डाँका मुद्दामा कैद सजाय भोग्दै आएका मोहम्मद स्कुल सहित कर्तव्य ज्यान मुद्दाका रामजस मौर्य, प्रभु तेली र श्रवण कुमार मुराउ थिए ।

त्यस्तै लागुऔषधका सन्तोष कहार, हातहतियार तथा खरखजाना मुद्दाका केदार साहनी, बगेदु मुसलमान र जबर्जस्ती करणी मुद्दाका सन्तकुमार पासी कारागारबाट भागेका थिए । ​

सुरुङ खनेर भागेका ७ जना फरार प्रतिवादीलाई कपिलवस्तु प्रहरीले यसअघि पक्राउ गरिसकेको थियो । मोहम्मद स्कुल पक्राउ परेसँगै सुरुङ खनेर भागेका ८ जना फरार प्रतिवादी सबै पक्राउ परेका छन् ।

कपिलवस्तु प्रहरीले चालू आर्थिक वर्षको हालसम्म १२६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जसबाट १४७ वर्ष १० महिना कैद भुक्तानी र १६ लाख १३ हजार ५४५ रुपैयाँ जरिवाना असुल हुनेछ ।

अपराध गर्ने व्यक्ति अनुसन्धान पूरा नहुँदै फरार भएको भए अनुसन्धान पूरा गरी कारबाही अगाडि बढाउन र अदालतले सजाय तोकेका व्यक्ति फरार रहेको भए उनीहरुलाई कानुनको दायरामा ल्याउनका लागि कपिलवस्तु प्रहरीले फरार अपराधी पक्राउलाई प्राथमिकतामा राखेको हो ।

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जेठ १३, २०८१

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।  एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x