२५ जेठ २०८३, सोमबार

शङ्खमूल क्षेत्रको साढे दुई मेट्रिक टन फोहर व्यवस्थापन

असार ८, २०८१
काठमाडौं
शङ्खमूल क्षेत्रको साढे दुई मेट्रिक टन फोहर व्यवस्थापन

वाग्मती नदीको शङ्खमूल क्षेत्रमा सफाइ गरी साढे दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

वाग्मती सफाइ महाअभियानको पाँच सय ८०औँ हप्तामा शङ्खमूल क्षेत्रमा गरिएको सफाइमा युवा एवं विद्यार्थीको उल्लेख्य सहभागिता रहेको अभियानकर्मी डा लक्ष्मी पौडेलको भनाइ छ । 

महाअभियानबाट आज उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुले व्यवस्थापन गरेको थियो । सफाइमा महिलाको सहभागिता पनि उल्लेख्य थियो । त्यस अवसरमा ललितपुर महानगरपालिका–१० का अध्यक्ष रविन व्यञ्जनकारलगायत जनप्रतिनिधिको पनि सक्रियता थियो ।
 
आगामी शनिबार पाँच सय ८१औँ हप्ताको वाग्मती सफाइ तीनकुने सुविधानगरस्थित वाग्मती किनारमा गरिने तय भएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । 

माथिल्लो वाग्मती सफाइको पाँच सय ४०औँ हप्तामा गुह्येश्वरीभन्दा माथिको क्षेत्रमा सफाइ गरिएको छ । सीमित अभियानकर्मीले सफाइ गरे पनि धेरैले नदीमा फोहर फाल्ने क्रम नरोकिएकाले सफा गर्न नसकिएको अभियानकर्मी ईश्वर पुडासैनीले बताए । 

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । सफाइ महाअभियान १२ वर्ष प्रवेश गरे पनि नदी सफा हुन नसकेको भनी आलोचना हुने गरेको छ । महाअभियानबाट प्रभावित भएर वाग्मतीका सहायक नदीका साथै देशभर एक सयभन्दा बढी स्थानमा सफाइ अभियान सुरु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्