२७ जेठ २०८३, बुधबार

एसइईका लागि छुट्टै क्यालेन्डर

असार ९, २०८१
काठमाडौं
एसइईका लागि छुट्टै क्यालेन्डर

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा नतिजा प्रकाशनका लागि छुट्टै शैक्षिक तालिका तयार गरेको छ । उक्त तालिका अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ७ गतेदेखि सञ्चालन हुनेछ । 

यसअघि एसइई सञ्चालन हुनुभन्दा एक वा दुई महिनाअघि मात्रै तालिका सार्वजनिक हुने गरेको थियो । सार्वजनिक कार्यतालिका अनुसार परीक्षाको नतिजा २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने भएको छ । 

 बोर्डका अनुसार कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाइ र वितरण २०८१ कात्तिक १ देखि कात्तिक मसान्तसम्म गरिने छ । त्यस्तै कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने २०८१ कात्तिक २६ गतेदेखि पौष ७ गतेसम्म हुने बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले जानकारी दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्