
काठमाडौं, ५ कात्तिक — एसएस राजामौलीको फिल्म ‘बाहुबली’ का लोकप्रिय अभिनेता प्रभास भोलि अर्थात् २३ अक्टोबरमा ३८ वर्षका हुनेछन् ।

सन् १९७९ मा जन्मेका प्रभासको खास नाम प्रभास राजू उप्पलापति हो ।
बाहुबलीको पहिलो भागका लागि प्रभासले ४० करोड रुपैयाँ पारिश्रमिक लिएका थिए । फिल्म सफल भएपछि उनले फीस बढाएर ४८ करोड भारु पु–याए ।
दक्षिण भारतका अन्य स्टारहरू जस्तै प्रभासलाई पनि विलासी गाडी चढ्न मन पर्छ । उनी १३ करोड पर्ने रोल्स रोयस फ्यान्टम चलाउँछन् ।
प्रभाससँग लगभग १८० करोड भारुबराबरको सम्पत्ति छ । उनलाई नामी कम्पनीहरूको विज्ञापनको पनि अफर आइसकेको छ ।
त्यसबाहेक हैदराबादको जुबली हिल्समा उनको भव्य बंगला छ । फिल्म नगरमा पनि उनको अर्को बंगला छ ।
अनेकौं ब्रान्डको इन्डोर्समेन्टमा प्रभासले प्रत्येकबाट सबा तीन करोड रुपैयाँ असुल्छन् ।
एजेन्सी