२८ जेठ २०८३, बिहीबार

प्रतिनिधिसभाबाट आज आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी

असार ९, २०८१
काठमाडौं
प्रतिनिधिसभाबाट आज आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी

सरकारले आजको प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षका लागि जेठ १५ मा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट) पारित गर्ने तयारी गरेको छ । यसअघि असार ७ मै विधेयक पास गर्ने भनिएपनि संसदभित्र कर्मचारीको आन्दोलनलगायतका कारणले पारितमा ढिलाइ भएको थियो । 

तर, आइतबार बिहान संघीय संसद भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बजेट पास गर्ने कार्यसूची सँगै आजको बैठकमा ‘‘आर्थिक विधेयक २०८१ माथि विचार गरियोस्’’, ‘‘राष्ट्र ऋण उठाउने विधेयक २०८१ माथि विचार गरियोस्’’ र ‘‘भन्सार महशुल सम्बन्धि विधेयक २०८१ माथि विचार गरियोस्’’ भन्ने तीन ओटा विधेयक बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

त्यस अघि आजै विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची समेत छ   । 
यसैबीच बजेट पास हुने दिन सबै सांसदलाई सदनमा उपस्थित हुन कांग्रेसले ह्वीप जारी गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्