२४ जेठ २०८३, आइतबार

संसद् सचिवालयका कर्मचारीको जायज माग पूरा गरिने

असार ९, २०८१
काठमाडौं
संसद् सचिवालयका कर्मचारीको जायज माग पूरा गरिने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (फाइल तस्वीर) ।

संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेसहितका शीर्ष नेतासँग छलफल गरेका छन् । आइतवार बिहान बालुवाटारमा प्रधानमन्त्रीले संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा सभामुखसहित शीर्ष नेतासँग छलफल गरेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिए । 

‘केही दिनदेखि नै संसद् सचिवालयका कर्मचारी विभिन्न माग राखी आन्दोलनमा उत्रिएकाले प्रधानमन्त्रीले सभामुखसहित शीर्ष नेतालाई बोलाएर छलफल गर्नुभएको हो,’ आचार्यले भने, ‘संसदका कर्मचारीको मागको विषयमा एकपटक उनीहरूसँगै पनि छलफल गरेर मागका विषयमा निष्कर्षमा पुग्ने निर्णय भएको छ ।’ 

सबै माग पूरा हुने अवस्था नरहे पनि जायज मागका विषयमा सरकार र सभामुख घिमिरेले सकारात्मक धारणा राखेको जानकारी आचार्यले दिए ।  

छलफलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिवसहित सहभागी थिए ।

अतिरिक्त समयमा गरेको कामको भुक्तानी पाउनुपर्ने, संघीय संसद् सचिवालय कर्मचारी प्रशासन नियमावली अद्यावधिक गर्नुपर्नेसहितका माग राखी संसद् सचिवालयका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्