३१ जेठ २०८३, आइतबार

‘ट्रम्प अहिलेसम्मकै सबभन्दा खतरनाक राष्ट्रपति’

कात्तिक २०, २०७४
‘ट्रम्प अहिलेसम्मकै सबभन्दा खतरनाक राष्ट्रपति’

काठमाडौं, ५ कात्तिक — अमेरिकाको डेमोक्रेटिक पार्टीका अध्यक्ष टम पेरेजले राष्ट्रपति डोनल्ड ट्रम्पमाथि शाब्दिक आक्रमण गर्दै उनी देशकै लागि खतरा रहेको बताएका छन् ।


फेब्रुअरीमा निर्वाचित भएपछि पहिलोचोटि पार्टीको राष्ट्रिय सम्मेलनमा बोल्दै पेरेजले वर्तमान राष्ट्रपति इतिहासकै सबभन्दा खतरनाक रहेको अनि अहिलेको कंग्रेस अहिलेसम्मकै सबभन्दा प्रतिगामी रहेको बताए ।

बाराक ओबामा मन्त्रिमण्डलका एक सदस्य पेरेजले अमेरिकामा मौलाएको भ्रष्टाचार संस्कृतिको पनि आलोचना गरे ।

उनले डेमोक्रेटिक पार्टीका प्राथमिकता र नेतृत्वमा भएको आन्तरिक संघर्षलाई सम्बोधन नगर्दा रिपब्लिकन पार्टीको वर्चस्व तोड्न नसक्ने बताए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्