×

NMB BANK
NIC ASIA

केन्द्रीय तहका हस्तीहरु प्रदेशसभामा उम्मेदवार, रोचक बन्दै धादिङको चुनाव

कात्तिक २०, २०७४

NTC
Premier Steels
धादिङ, ५ कात्तिक– केन्द्रीय स्तरमै हैसियत बनाएका नेताहरु प्रदेश सभामा उम्मेदवार बनेपछि धादिङको चुनाव रोचक बनेको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा विजयी भएका माओवादी केन्द्रका शालिकराम जमकट्टेल र २०७० सालको चुनावमा विजयी भएका राजेन्द्र पाण्डे दुवै प्रदेश सभाको उम्मेदवार बनेका छन् ।

पहिलो संविधानसभा चुनावमा जमकट्टेलले पाण्डेलाई पराजित गरेका थिए भने दोस्रोमा पाण्डेले जमकट्टेललाई पराजित गरेका थिए । एमाले पोलिटव्युरो सदस्य समेत रहेका पाण्डे पूर्वमन्त्री हुन् ।

वामपन्थीका तर्फबाट प्रतिनिधि सभाका लागि धादिङ १ मा प्रतिनिधि सभातर्फ एमालेका भूमी त्रिपाठी तथा २ मा खेमप्रसाद लोहनी उम्मेदवार बनेका छन् । प्रदेश सभातर्फ एमालेका डा.रामकुमार अधिकारी र माओवादीका जगत सिंखडा उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ मा विश्व अर्याल तथा क्षेत्र नम्बर २ बाट दिलमान पाख्रिन उम्मेदवार बनेका छन् । जमकट्टेल माओवादी निकट क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष हुन् ।

पाण्डे यसअघि एमालेको मुख्य सचेतक समेत बनेका थिए । प्रदेश सभातर्फ क्षेत्र नम्बर १ बाट मधुकुमार श्रेष्ठ र प्रभातकिरण सुवेदी तथा २ बाट रमेश धमलालाई कांग्रेसले उम्मेदवार बनाएको छ । लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका डम्बरबहादुर तामाङ पनि उम्मेदवार बनेका छन् ।

यसअघि तीन निर्वाचन क्षेत्र रहेको धादिङमा नेकपा एमालेले तीनवटै क्षेत्रमा विजय हासिल गरेको थियो । माओवादीसँगको वामपन्थी तालमेलका कारण यसपटक आफूहरुलाई सझिलो पर्ने एमालेको दावी छ ।
नेपाली काग्रेसले पनि धादिङमा वामपन्थी गढ भत्काउने बताउँदै आएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x