
काठमाडौं, ५ कात्तिक- माछापुच्छ्रे बैंले १५ प्रतिशत लाभांस घोषणा गरेको छ । सो घोषणासँगै बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुग्ने भएको छ । अहिले बैंकको चुक्ता पूँजी ७ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । संचालक समितिले प्रस्ताव गरेको ९ प्रतिशत बोनस शेयर जारीपछि पूँजी ८ अर्ब ५ करोड रुपैयाँ पुग्ने छ ।
बैंकले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम भएको चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ ।