०७ साउन २०८३, बिहीबार

रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न निरन्तर कुराकानी भइरहेको छ : परराष्ट्रमन्त्री श्रेष्ठ

असार ११, २०८१
काठमाडौं
रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न निरन्तर कुराकानी भइरहेको छ : परराष्ट्रमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न रुसी सरकारसँग निरन्तर कुराकानी भइरहेको बताएका छन् । 

 इरानको तेहरानमा भएको एसियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी सङ्गठन ‘एसिया कोअपरेशन डाइलग (एसिडी)का विदेश मन्त्रीहरुको १९औँ बैठकमा सहभागी भई आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले रुसको विदेश मन्त्रालय र सम्बन्धित निकायसँग नेपालीलाई फिर्ताका लागि निरन्तर पहल भइरहेको बताए । 

उपप्रधानमन्त्री श्रेष्ठले रुसको उपविदेशमन्त्रीसँगको भेटमा पनि आफूले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ताका लागि विशेष चासोका साथ कुराकानी गरेको जानकारी दिए । 
 उपप्रधानमन्त्री श्रेष्ठले मस्कोस्थित नेपाली राजदूताबासबाट रुसको विदेश मन्त्रालय र अन्य सम्बन्धित निकायसँग समन्वय गरी रुस सरकारसँग कुरा हुँदा कतिपय नेपाली अफ्ठ्यारो स्थितिमा रहेको पाइएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्