२५ जेठ २०८३, सोमबार

खेतमा काम गर्दागर्दै चट्याङ लागेका २ युवाको मृत्यु

असार १२, २०८१
बुटवल
खेतमा काम गर्दागर्दै चट्याङ लागेका २ युवाको मृत्यु

चट्याङ लागेर कपिलवस्तुमा बुधबार बिहान दुई जना युवाको  मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० धनकौलीका १७ वर्षीय राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भइसहियाका २२ वर्षीय महेश कलवार रहेका छन् ।

उनीहरूको बिहान साढे ७ बजेतिर खेतमा काम गर्दागर्दै चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवरत्न पौडेलले लोकान्तरलाई जानकारी दिए ।

बुधबार बिहानदेखि यस क्षेत्रमा भारी वर्षा जारी छ ।

पानी पर्नुअघि धेरै क्षेत्रमा चट्याङ परेको थियो।

salt training

कमेन्ट गर्नुहोस्