
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी स्थायी शिक्षकको जागिर खाएको आरोप लागेका भीमकुमार डीसी दोषी ठहर भएका छन् ।
उनलाई विशेष अदालतले बुधवार भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै पाँच हजार रुपैयाँ जरिवानासमेत तोकेको छ ।
दाङको गोलटाकुरीस्थित प्राथमिक विद्यालयमा स्थायी शिक्षकको रूपमा कार्यरत रहेका डीसीले नक्कली प्रमाणपत्र पेश गरी स्थायी शिक्षकको जागिर खाएको अदालतले फैसला सुनाएको हो ।
साथै डीसीलाई भएको जरिवाना पाँच हजारको चार प्रतिशतका दरले २०० रुपैयाँ क्षतिपूर्ति पीडित राहत कोषमा बुझाउनुपर्ने ठहरसमेत भएको छ ।
उनले २०५० असार १ गते नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी स्थायी शिक्षकको रुपमा जागिर खाएको पाइएको छ । जागिर खाएको ३१ वर्षपछि उनी दोषी ठहर भएका छन् ।