२४ जेठ २०८३, आइतबार

दिक्तेल–साप्सुखोला सडकमा श्रमदान

असार १३, २०८१
खोटाङ
दिक्तेल–साप्सुखोला सडकमा श्रमदान

दिक्तेल–साप्सुखोला सडकमा यातायात सञ्चालनमा समस्या भएपछि साकेला गाउँपालिकाका बासिन्दाले श्रमदान गरेका छन् ।

साकेलाका स्थानीयले श्रमदान गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ को लफ्याङ खण्डमा मर्मत गरेका हुन् । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट साप्सुखोला हुँदै साकेला गाउँपालिकाको मानेभञ्ज्याङ–पाँचधारे तथा दिप्रुङ चुइचुम्मा हुँदै तराईका जिल्ला जोड्ने सडकको लफ्याङ क्षेत्रमा बिग्रेपछि यातायात सञ्चालनमा समस्या भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्