०९ साउन २०८३, शनिबार

अफगानिस्तान ५६ रनमै अलआउट, १० जना ब्याटरले दोहोरो अंक छुन सकेनन्

असार १३, २०८१
काठमाडौं
अफगानिस्तान ५६ रनमै अलआउट, १० जना ब्याटरले दोहोरो अंक छुन सकेनन्

आईसीसी टी-२० विश्वकपअन्तर्गत सेमिफाइनल खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको सामान्य लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ थालेको अफगानिस्तान ११.५ ओभरमा मात्रै ५६ रन बनाएर अलआउट भएको हो । 

अफगानिस्तानलाई सस्तैमा अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३/३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २/२ विकेट लिए।

अफगानिस्तानका अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए ।
अन्य १० जना ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । 

salt training

कमेन्ट गर्नुहोस्