३० जेठ २०८३, शनिबार

७५ प्रतिशत युवा विदेश नपुग्दै ठगिन्छन्

असार १३, २०८१
काठमाडौं
७५ प्रतिशत युवा विदेश नपुग्दै ठगिन्छन्

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक सबैभन्दा बढी आफ्नै देशमा ठगिने गरेका छन् । वैदेशिक रोजगारीका पीडितलाई निःशुल्क कानुनी सेवा दिँदै आएको संस्था (पिपुल फोरम) को अध्ययनमा गन्तव्य मुलुक प्रस्थान गर्नुअगावै श्रमिक स्वदेशमै ठगिने गरेका छन् । 

सो संस्थाको अध्ययनमा चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगार विभागमा दर्ता भएका ठगी दुई हजार ३०४ मुद्दाको अनुसन्धान गर्दा ७५ प्रतिशत युवा स्वदेशमै रहेका एजेन्टबाट ठगिएको उल्लेख छ । 

सो मुद्दाको अध्ययनकर्ता अधिवक्ता सुदीप देवकोटाले नेपालमा युवा वैदेशिक रोजगारी जान्छु भनेर सोचेदेखि नै ठगिन सुरु हुने गरेको बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्