२८ जेठ २०८३, बिहीबार

युरो कपको नकआउट समीकरण पूरा

असार १३, २०८१
काठमाडौं
युरो कपको नकआउट समीकरण पूरा

युरो कप-२०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । समूह चरणको सम्पूर्ण खेल सकिएसँगै अन्तिम १६ मा खेल्ने टोलीको छिनोफानो भएको हो ।

सहभागी २४ टोलीमध्ये ८ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन् । हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेकिया समूह चरणबाट बाहिरिएका हुन् । 

अन्तिम १६ मा स्पेनले जर्जियासँग खेल्दा जर्मनी र डेनमार्कले एक अर्काको सामना गर्नेछन् । यी दुई खेलको विजेताले क्वाटरफाइनलमा भिड्नेछन् । 

त्यस्तै पोर्चुगल र स्लोभेनियाको विजेताले सेमिफाइनलमा पुग्न फ्रान्स र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

रोमानिया र नेदरल्यान्ड्स एक अर्कासँग खेल्दा अष्ट्रिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । यीमध्ये एक टोलीले इंग्ल्याण्ड र स्लोभाकिया तथा स्विटजरल्यान्ड र इटालीको खेलको जित्ने टोलीबीचको विजेतासँग खेल्नेछन् ।

शनिबारदेखि राउन्ड अफ १६ चरण शुरू हुनेछ । क्वाटरफाइनलका खेल जुलाई ५ बाट खेलिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्