२१ जेठ २०८३, बिहीबार

दुबईको प्रसिद्ध चिया ब्रान्ड फिल्ली क्याफे अब नेपालमा

काठमाडौंका चार ठाउँमा शाखा विस्तार
असार १३, २०८१
काठमाडौं
दुबईको प्रसिद्ध चिया ब्रान्ड फिल्ली क्याफे अब नेपालमा

एनडी थर्टीनाइन बिजनेस ग्रुप प्रालिले दुबईको प्रसिद्ध चिया ब्रान्ड फिल्ली क्याफे नेपालमा भित्र्याएको छ ।

चियाका पारखी तथा नेपाली चियाको संस्कारलाई विश्व बजारमा प्रर्बद्धन गर्न र अन्तर्राष्ट्रिय स्तरको चिया स्वादलाई नेपालीमाझ चिनाउन यो ब्रान्ड नेपालमा भित्र्याइएको कम्पनीले जनाएको छ । 

फिल्ली क्याफेको पहिलो आउटलेट १४ अप्रिल २०२३ मा काठमाडौंको लाजिम्पाटमा खुलेको थियो । लाजिम्पाटलगायत ठमेल, बौद्ध तथा पुल्चोकको लबिम मलमा गरी आफ्ना ४ आउटलेट विस्तार गरिएको हो । 

क्याफेको उद्घाटन बुधवार आयोजित कार्यक्रममा विभिन्न व्यक्तिले गरेका थिए । कार्यक्रममा फिल्ली क्याफेका संस्थापक सीईओ रहिफ फिल्ली, फिल्ली क्याफे नेपालका सञ्चालकद्धय नवीन खड्का र धुब्र रिजाल, फिल्ली क्याफे नेपालका महाप्रबन्धक बिक्की खड्का, अभिनेता राजेश हमाल, क्रिकेटर सोमपाल कामी लगायतका व्यक्तिको उपस्थिति थियो ।

null 

फिल्ली क्याफेले चियाको पारखीहरूका लागि ४ वटा शाखामार्फत सेवा सञ्चालनमा ल्याएको कार्यक्रममा जानकारी दिइयो । चाँडै नै पर्यटकीय नगरी पोखरामा समेत शाखा विस्तार गरिने फिल्ली क्याफे नेपालका सञ्चालक नवीन खड्काले बताए । साथै आगामी ५ वर्षमा नेपालभर २५ वटाभन्दा बढी शाखा सञ्चालनमा ल्याउने योजना रहेको उनले सुनाए । 

युवाहरू विदेशिने बढ्दो क्रमलाई मध्यनजर गर्दै स्वदेशमै हस्पिटालिटी बिजनेसमा रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । ‘उनीहरूलाई स्वदेशमै स्वावलम्बी हुन अभिप्रेरित गर्ने उद्देश्यसहित दक्ष जनशक्ति र सीप अभिमुखीकरणका लागि फिल्लीका आउटलेटहरूले अवसर प्रदान गर्नेछन्,’ कम्पनीका सञ्चालक धुब्र रिजालले भने, ‘यसबाहेक आफ्नै बेकरी उत्पादन, सेन्टल किचेन र बारिस्टा कोर्सहरूको पनि तयारी भइरहेको छ ।’ 

जैविक उत्पादन र ताजा पारम्परिक तरिकाबाट पकाइएको खाना, उत्कृष्ट सेवा र आकर्षक इन्टेरिएर एवम् कोलाहलमुक्त वातावरणले गर्दा आफू यस क्याफेको रेगुलर ग्राहक भएको अभिनेता हमालले बताए । 

null

फिल्ली क्याफेका संस्थापक सीईओ रहिफ फिल्लीले काठमाडौंमा फिल्ली क्याफे ल्याउन पाउँदा हर्षित भएको बताए । खुलेका शाखा चिया पारखीका आकर्षक गन्तव्य बन्नेमा आफू ढुक्क रहेको उनको भनाइ थियो । 

फिल्ली क्याफे यूएईको दुबईमा एक सानो स्थानीय क्याफेको रूपमा शुरू भएको थियो । यसले हाल १५ वटा देशमा आफ्ना शाखा विस्तार गरिसकेको छ । नेपाल र यूएईसँगै ओमान, कतार, संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, भारत र मौरिससलगायत देशमा शाखा विस्तार भएको हो ।

फिल्ली सिग्नेचर ’जाफ्रान टी’का लागि परिचित छ, जुन चियाको अनुपम मिश्रण भएका कम्पनीको भनाइ छ । ‘साथै फिल्ली क्याफेले विभिन्न प्रकारका खाजा र पेय पदार्थहरू पनि समावेश गर्दछ । आइस्ड चिया, मिल्कशेक मकटेल, बन कबाब, स्यान्डविच, मोःमो लगायतका मेनुले भारतीय र मध्य पूर्वी खानाका स्वादहरूलाई पूरा गर्दछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्